Like us!
Follow us!
Connect us!
Watch us!

कोडाले जित्यो सर्वाेत्कृष्ट अस्कर अवार्ड, को-को बने बिजेता (सूचीसहित)

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १५ : ०७ मा प्रकाशित

कोडाले जित्यो सर्वाेत्कृष्ट अस्कर अवार्ड, को-को बने बिजेता (सूचीसहित)

प्रतिष्ठित अस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औँ संस्करणका विभिन्न विधामा विजेता घोषणा भएको छ । उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छ । सियान हेडर निर्देशित फिल्मले ‘डिफ’ परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारे कथा भनेको छ ।

अस्करको ९४औँ संस्करणमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले जितेकी छन् । ‘द पावर अफ दि डग’का लागि उनले यो उपाधि पाएकी हुन् ।‘पावर अफ दि डग’ सबैभन्दा धेरै विधामा मनोनयनमा पर्न सफल भएको थियो । साथै, उत्कृष्ट अभिनेताको उपाधि विल स्मिथले जितेका छन् । किङ रिचार्डका लागि उनले अवार्ड जितेका हुन् । फिल्ममा उनले टेनिस स्टार सेरेना तथा वनिस विलियम्सका बुबाको भूमिका निर्वाह गरेका छन् । 

उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छन् । उनले ‘द आइज अफ टेमिफेई’का लागि अवार्ड जितेकी हुन् ।
यस्तो छ अस्कर विजेताको सूचीः

अन्तर्राष्ट्रिय फिचर फिल्म – ड्राइभ माई कार
उत्कृष्ट फिल्म – कोडा
उत्कृष्ट निर्देशक – जेन क्याम्पियन (द पावर अफ द डग)
उत्कृष्ट अभिनेता – विल स्मिथ (किङ रिचार्ड)
उत्कृष्ट अभिनेत्री – जेसिका चास्टेन (द आइज अफ टेमी फेई)
उत्कृष्ट सहअभिनेता – ट्रोय कटसर (कोडा)
उत्कृष्ट सहअभिनेत्री – अरियाना डेबेस (वेस्ट साइड स्टोरी)
एनिमेटेड फिचर फिल्म – इन्कान्टो
सिनेम्याटोग्राफी – डुन (ग्रिग फ्रेसर)
कस्ट्युम डिजाइन – इन्कान्टो
डकुमेन्ट्री फिचर – समर अफ सोल
डकुमेन्ट्री सर्ट सब्जेक्ट – ’द क्वीन अफ बास्केटबल’
मेकअप एण्ड हेयर स्टाइलिङ – द आइज अफ टेमी फेई
प्रोडक्सन डिजाइन – डुन
सर्ट फिल्म (एनिमेटेड) – द विन्डशिल्ड वाइपर
सर्ट फिल्म (लाइभ एक्सन) – लङ गुडबाई
ओरिजिनल सङ – नो टाइम टु डाई
साउन्ड – डुन
भिजुअल इफेक्ट्स – डुन
फिल्म सम्पादन – डुन (जो वाकर)
ओरिजिनल स्क्रिनप्रले – बेल फास्ट (केनिथ ब्रनाघ)
एडप्टेड स्क्रिनप्ले – कोडा (सियान हेडर)
ओरिजिनल स्कोर – डुन (ह्यान्स जिमर)
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको