Like us!
Follow us!
Connect us!
Watch us!

१२ बुँदे मागसहित लगानीकर्ता धितोपत्र बोर्डमा, विश्लेषकहरूलाई नियमन गर्नुपर्नेमा जोड

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १५ : ३१ मा प्रकाशित

१२ बुँदे मागसहित लगानीकर्ता धितोपत्र बोर्डमा, विश्लेषकहरूलाई नियमन गर्नुपर्नेमा जोड

विभिन्न माग सहित लगानीकर्ताहरुले धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । सोमबार लगानीकर्ताहरुले आफ्ना विभिन्न मागहरु सहित नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल समक्ष ज्ञापनपत्र बुझाएका हुन् । 

राजधानिमा मात्र सिमित भएको पुजिबजारको सेवा विभिन्न सहरहरु गाउँ हुँदै बिदेशसम्म पुगेको छ। यसै पुजिबजार मा धेरै लगानिकर्ताहरुले आफ्नो भबिस्य देखेको र उनिहरुको हकहित र सुरक्षालाइ मध्यनजर गर्दै पूँजीबजारलाइ अर्थतन्त्र को मेरुदण्डको रुपमा बिकाश गर्नको लागि भूमिका निर्बाह गर्नुपर्ने माग लगानीकर्ताहरुको छ । 

यस्ताछन् लगानीकर्ताका मागहरुः

१) Full brokerage System नेपालमा पनि कार्यनयन हुनु पर्यो। (Margin Lending ; Dp services; Market Maker को काम सहित)

२) आधारभुत शेयर शिक्षा कार्यक्रम सम्बन्धित निकायले प्रत्येक सुगम देखि दुर्गम स्थानसम्म सन्चलान मा ल्याउनु पर्यो।

३) कुनै पनि कम्पनी ले IPO जारी गर्दा कम्तिमा ३०% जारी गर्नु पर्ने नियम आउनु पर्ने।

४) शेयर बिश्लेशकहरुलाइ सम्बन्धित निकायले अनुमती पत्र प्रदान गरेको खण्डमा मात्र आफ्ना बिश्लेशणहरु प्रकाशन गर्न पाउने

५) प्राबिधिक कारणबस शेयर किनबेच गर्दा ग्राहकलाई मार पर्न गएमा सम्बन्धित निकायले समाधान को पहल गर्नु पर्ने।
(कहिले काहीँ double buy / double sale को समस्या देखिएकोले)

६) Promotor Share ग्राहकले आफ्नै TMS बाट खरिद बिक्री गर्न पाउनु पर्ने

७) Auction (लिलामी) शेयर पनि online मार्फत आबेदन दिन ब्यबस्था मिलाउनु पर्ने

८) ब्रोकर सेवा सुबिधा देशका सम्पुर्ण क्षेत्रमा बिस्तार गरियोस।

९) कुनै पनि मिडियाले आफ्नो स्वार्थ अनुसारको समाचार सम्प्रेसण गर्ने प्रवृत्ति बन्द गरिनु पर्यो। (कुनै पनि कम्पनीले यति बोनस दिने यति क्यास Dividend दिने यतिराईट आउदै छ अरे आदि भ्रामक समाचार सम्प्रेसण गर्न बन्द गरिनु पर्ने।

१०) Sale को AON अबश्यक गृहकार्य गरि परिमार्जन हुनु पर्ने।

११) अनलाईन TMS मार्फत बिक्रि गरिएको शेयर कुनै कारणबस ग्राहकले EDIS गर्न नसकेमा Close out मा पर्ने २०% जरिवानाको ब्यबस्था अन्त्य गरिनु पर्ने।

१२) हाल कार्यान्वयनमा रहेको (T+2) प्रणालीको समयावधि घटाउदै Intraday Trading, Short sell जस्ता नया सेवा सुबिधा ल्याउनमा बिशेष पहल गरियोसा

यो कुराले आम लगानीकर्तामा थप उत्साह,बजार क्षेत्र विस्तार लगायत समग्र नेपाली पुजिबजारमा नया कोशे ढुङ्गा सावित हुनेछ 

624189467ad91.jpg 6241894b0696e.jpg 624189567fe4d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको