Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धनगर एग्रो फार्मले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १७ : १३ मा प्रकाशित

बुद्धनगर एग्रो फार्मले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

बुद्धनगर एग्रो फार्म लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरका पाँच लाख कित्ता साधारण सेयर आईपीओ सर्वसाधारणहरुमा जारी गर्न लागेको हो । 

उक्त साधारण सेयर सार्वजनिक निष्कासन गर्नको लागी कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्ती गरेको छ । 

बुद्धनगर एग्रो फार्म र एनआईसी एशिया क्यापिटलबीच सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) आईपीओ निष्कासन गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।

एनआईसी एशिया क्यापिटलको आईडिया टु आईपीओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आईपीओ जारी गर्ने व्यवस्था मिलाइने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको