Like us!
Follow us!
Connect us!
Watch us!

"डान्सिङ स्टार्स नेपाल" को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १७ : ४७ मा प्रकाशित

"डान्सिङ स्टार्स नेपाल" को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

१२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको "डान्सिङ  स्टार्स नेपाल" को  एक मात्र भोटिङ पार्टनरको रुपमा नेपाल को प्रचलित भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ले साझेदारी गरेको छ।

यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८:०० बजेबाट रूपमा प्रसारण भएको छ । यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरु को रुपमा रहेका छन् । भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुरु हुनेछ ।

लाखौं नेपालीहरूमा लुकेको प्रतिभा देखाउनेको साथै मनोरञ्जन प्रदान गर्ने प्लेटफर्मको रूपमा काम गर्ने यस प्रकारका रियालिटी शोहरूसँग साझेदारी गर्न पाउँदा उत्साहित भइएकाे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको