Like us!
Follow us!
Connect us!
Watch us!
चुक्ता पूँजी ७ अर्ब नाध्यो, निक्षेपा ५० अर्ब, कर्जा लगानी ४५ अर्ब

सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेर जनता बैंकले थाल्यो एकिकृत कारोबार

शुक्रबार, ३० असार २०७४, १७ : ०४ मा प्रकाशित

सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेर जनता बैंकले थाल्यो एकिकृत कारोबार

दिनिता लामिछाने
काठमाडौं–जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अक्वायर (खरिद) गरेपछि शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

दुवै बैंकको एकिकृत कारोबारको जनता बैंकको केन्द्रीय कार्यालय थापाथलीमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे ।

त्यस अबसरमा शिवाकोटीले नेपाल राष्ट्र बैंकले सिद्धार्थ बैंकलाई गाभ्न जनतालाई दिइएको अन्तिम स्वीकृतिको पत्र बैंकका अध्यक्ष केशवबहादुर रायमाझीलाई हस्तान्तरण गरे ।

राष्ट्र बैंकले दुवै बैंकलाई एकिकृत कारोबार गर्न असार २० गते अन्तिम स्वीकृति दिएको थियो । सिद्धार्थ डेभलपमेन्ट बैंकका डेढ लाखभन्दा बढी ग्राहक, ३० हजार शेयरधनी र ३ सय जना कर्मचारी जनता बैंकमा समाहित भएका छन् ।

यसअघि जनता बैंक त्रिवेणी विकास बैंकसँग मर्ज भएको थियो । सिद्धार्थलाई समेत मिसाएपछि जनताको निक्षेप करिब ५० अर्ब र कर्जा प्रवाह करिव ४५ अर्ब हुने छ ।

चालु आर्थिक बर्षको नाफा र पुँजीगत जगेडा कोषसमेत गरेर जनता बैंकले१ अर्ब  रुपैयाँ बराबरको बोनस वितरण गरी चुक्ता पुंजी ८ अर्ब पुर्याउने तयारी गरेको छ ।  

जनता बैंकले चैत मसान्तसम्ममा ३८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै सिद्धार्थले २८ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको सार्बजनिक गरेको थियो ।

दुवै बैंकको गरी अब जनताको चुक्ता पूँजी बैंकको चुक्ता पूँजी झण्डै ७ अर्ब पुगेको छ । जनतामा गएको सिथार्थका सेयरधनीले एक कित्ता बराबर जनताको १ कित्ता सेयर पाउने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको