Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि ५० को न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, ११ : ४३ मा प्रकाशित

एनएमबि ५० को न्याभ घट्याे, सेयर लगानी कति ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले २०७८ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

फागुन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १५ रुपैयाँ ६१ पैसामा झरेकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा ४६ पैसाले घटेकाे हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ७ पैसा रहेकाे थियो ।

त्यसैगरी, फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी भने बढेर १ अर्ब २३ करोड २५ लाख २० हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी माघ मसान्तकाे तुलनामा ४ कराेड रूपैयाँले बढेकाे हाे । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब १९ करोड २१ लाख ७४ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, एनएमबि ५० ले विभिन्न प्रकारका ५० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6242a26bd3601.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको