Like us!
Follow us!
Connect us!
Watch us!

रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १५ : ०६ मा प्रकाशित

रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु

रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु भएको छ । टर्कीको इस्तानबुलमा भइरहेको वार्तामा सहभागी दुबै देशका प्रतिनिधिहरूलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले स्वागत गरेका छन् । 

रुस र युक्रेनबीच यसअघि तीन चरणमा भौतिक उपस्थितिमा वार्ता भएको थियो भने चौथो चरणमा भिडियो कुराकानीमार्फत वार्ता भएको थियो । झन्डै दुई हप्तापछि भएको आजको वार्तामा युद्ध रोक्ने अवस्था नआए पनि युद्धग्रस्त क्षेत्रमा फसेकाहरूलाई उद्धार गर्ने वातावरण बन्ने अपेक्षा रहेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

आजको वार्तामा प्रगति भएमा युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको सम्भावना बढ्ने टर्कीका राष्ट्रपति एर्दोगानले बताउनुभएको एएफपीले जनाएको छ । जेलेन्स्कीले पुटिनसँग सिधा वार्ताको आह्वान गर्दै आउनुभएको छ भने रुसले उच्चस्तरीय वार्ताको समय भइनसकेको बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको