Like us!
Follow us!
Connect us!
Watch us!

ठूला करेक्सनमा २०% को आसपास घट्ने नेप्से ईतिहास: के यसपाली पनि दोहोरिएला ?

बसन्त पाण्डे

मंगलबार, १५ चैत्र २०७८, १६ : ०६ मा प्रकाशित

ठूला करेक्सनमा २०% को आसपास घट्ने नेप्से  ईतिहास: के यसपाली पनि दोहोरिएला ?

नेप्से ३२२७ को बिन्दुबाट खसेर २४८० को बिन्दुसम्म झर्यो । ३२२७ बाट २४८० को बिन्दुमा आइपुग्दा बजार ७४५ अङ्कले घट्यो । यो क्रममा बजार २३.१०% ले घटेको थियो ।  

२४८० को बिन्दुमा बटम लाग्दै बजार बढेर २८७८ को बिन्दुसम्म पुग्यो । २८७८ को बिन्दुमा टप लागेर खस्न थालेको बजार २२६० को बिन्दुसम्म झर्यो । यसरी २८७८ बाट २२६० सम्म खस्दा बजार ६२० अङ्कले घट्यो। यो क्रममा बजार २१.५६% ले घटेको थियो। 

२२६० को बिन्दुमा बटम लाग्दै बजार बढेर २९८३ को बिन्दुसम्म पुग्यो। 

२९८३ को बिन्दुबाट घट्न थालेको बजार आज मङ्गलबार २५२७ को बिन्दुमा आइपुगेको छ। केहि समयअघि बजार घटेर २४९८ को बिन्दुसम्म आइपुगेको थियो जुन २९८३ को बिन्दुबाट १६.१९% को गिरावट थियो। २४९८ को बिन्दुबाट बजार बढ्दै २६८० को बिन्दुसम्म पुग्यो र त्यहाँबाट बजार घट्न थाल्यो। बजारको घट्ने क्रम रोकिन सकेको छैन। नेप्से २५५० को सपोर्ट एरियालाई ब्रेक गर्दै तलतिर लाग्न थालेपछि अब २५०० को एरियामा नेप्सेले सपोर्ट लिनसक्ने देखिन्छ। 

हालसम्म नेप्सेको अल टाईम हाईको बिन्दु ३२२७ बाट आएका दुइ ठूला करेक्सनहरुमा बजार २०% भन्दा धेरैले खसेको छ। प्राविधिक विश्लेषणमा ईतिहास दोहोरिन्छ भन्ने मान्यता राख्ने गरिन्छ। त्यसैले आहिलेको करेक्सन पनि २०% को हाराहारीको भयो भने नेप्से २४०० को एरियातिर आउनसक्ने देखिन्छ।  

अहिले बजार २५०० को आसपासमा आइसकेको छ। यदि यो करेक्सनमा बजार २०% कै हाराहारीमा खस्छ भने पनि नेप्से २४०० को हाराहारीमा आउन सक्ने देखिन्छ, जुन अब करिब १०० अङ्क मात्रै हो। त्यसैले अब बजार खस्दै गर्दा नेप्सेमा २९८३ बाट करेक्सन आउँदा धेरै घटेका कम्पनीका सेयरहरु खरिद गर्दै जानु उपयुक्त देखिन्छ। २०% को हाराहारीमा खसेर कम्तिमा १५% भन्दा धेरैले बजार बढेको ईतिहास छ। अझ २२६० बाट २९८३ सम्म पुग्दा त बजार ३२% ले बढेको थियो। हरेक दृष्टिबाट विश्लेषण गर्दा बजार बटम लाग्दै गरेको देखिएकाले अब खरिद गर्नेले राम्रै नाफामा बेच्न सक्ने देखिन्छ। 

6242debb148cb.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको