Like us!
Follow us!
Connect us!
Watch us!

स्माटच्वाईस टेक्नोलोजिज र एनआइसी एशिया बैंकबीच सम्झौता

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १६ : ४० मा प्रकाशित

स्माटच्वाईस टेक्नोलोजिज र एनआइसी एशिया बैंकबीच सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र एनआइसी एशियाबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागि सम्झौता भएको छ ।

काठमाडौंमा मंगलबार आयोजित विशेष कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनआइसी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता पश्चात बिभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायिहरूले एनआइसी एशिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।

बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एनआइसी एशियाबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको