Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको नबिकेकाे हकप्रद आजबाट लिलामीमा, कसरी दिने आवेदन ?

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १० : ४८ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको नबिकेकाे हकप्रद आजबाट लिलामीमा, कसरी दिने आवेदन ?

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज (चैत्र १६ गते, बुधबार) बाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

बैंकले माघ ७ गतेबाट फागुन १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १ लाख २० हजार १ सय २० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

कहिलेसम्म दिने आवेदन ?

उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले आज (चैत्र १६ गते, बुधबार) बाट चैत्र २४ गतेसम्म  बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको छ ।

कसरी दिने आवेदन ?

लगानीकर्ताले सिभिल क्यापिटल लिमिटेड, सुन्धारन–काठमाडौं, सिभिल बैंकको शाखा कार्यालयहरु नेपालगंज, विराटनगर, पोखरा, सुर्खेत, बिरगंज धनगढीबाट र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरूः वीरगंज १३, आदर्शनगर, पर्सा वीरगंज २५, ड्राईपोट, पर्सा, बीरगंज ३१,  चोनीै, पर्सा, बीरगजबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको