Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको अर्थतन्त्रमा डरलाग्दो स्थिति आउनसक्छ : प्रचण्ड

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १२ : ३१ मा प्रकाशित

नेपालको अर्थतन्त्रमा डरलाग्दो स्थिति आउनसक्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले श्रीलंकाजस्तो नेपालको अर्थतन्त्रको डरलाग्दो स्थिति भयो भने अप्ठ्यारो स्थिति आउने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहमा उनले यस्तो बाताएका हुन् । 

उनले देशमा ठूला–ठूला परिवर्तन भएपनि जनताको जीवनस्तरमा कतिको परिवर्तन भयो ? भन्ने कुरा महत्वपूर्ण रहेको सुनाए । उनले भने,‘सिंहदरबारको अधिकार गाउँमा पुगेको भएपनि जनताले यसको अनुभुति गर्न पाए कि पाएनन् भन्ने कुरा हो । आर्थिक तरलताको अवस्था छ, अर्थतन्त्र अहिले गम्भीर मोडमा छ । यसबारेमा हामीले गम्भीर चर्चा गर्यौं । यो विषयमा प्रधानमन्त्रीलाई मैले बृहत्तर छलफल गर्न आवश्यक छ भनेर भनेको छु । अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ भनेका छौं । अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ हाम्रो प्रयास जारी छ ।’ उनले श्रीलंकाजस्तो स्थितिमा नेपाल नरहेको पनि जिकिर गरे । उनले भने,‘श्रीलंकाजस्तो डरलाग्दो स्थिति भयो भन्ने त होईन, भोलि अप्ठ्यारो स्थिति आउनसक्छ । अहिले नै समाधानको लागि पहल सुरु भैसकेको छ । उपाय निकाल्छौं ।’

उनले मुलुकको संकटमोचनको लागि आफ्नो पार्टीले जहिलेपनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले भने,‘देशमा आउने सबै संकटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ । तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्विकार नगरेको स्थिति छ । संविधान, गणतन्तत्र, समावेशिताको रक्षा गर्ने चाहीँ माओवादी केन्द्र नै हो भन्ने जनताको बुझाई छ । यो मेरो अहंकार होइन ।’

दाहालले क्लब २४ वर्ष पुरा गरेको अवसरमा बधाई तथा सफलताको शुभकामना दिए । उनले भने,‘नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया, शान्ति प्रक्रिया, संविधान निर्माणको प्रक्रिया, संविधान कार्यान्वयनको प्रक्रियामा क्लबले विशिष्ट पहिचान बनाउन सकेको छ, म यसको लागि  बधाई भन्न चाहन्छु । धन्यवाद भन्न चाहुन्छ । क्लबले आफ्नो मौलिक पहिचान बनाएको छ । ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको