Like us!
Follow us!
Connect us!
Watch us!

रुसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साताभित्र वार्ता : टर्की

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १४ : ४६ मा प्रकाशित

रुसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साताभित्र वार्ता : टर्की

मस्को–रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ । दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ । 

‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने ।

उनले अगाडि थपे, ‘यो महत्वपूर्ण छ कि दुबै पक्षहरू एकसाथ आउँछन् र स्थायी युद्धविराममा सहमत हुन्छन् ।’ सो वार्तामा टर्की मध्यथता गर्न इच्छुक रहेको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको