Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकलाई मेदान्त– द मेडिसिटि हस्पिटलमा छुट

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १५ : ४० मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकलाई मेदान्त– द मेडिसिटि हस्पिटलमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले भारत स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा बिशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक र मेदान्त– द मेडिसिटि अस्पतालबीच बैंकका कार्ड वाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् । 

अस्पतालको सेवा शुल्कमा बैंकका ग्राहकले १५५ सम्म छुट पाउने बैंकले जनाएको छ । यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् । 

सिटिजन्स बैंकले कूल १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट तेह्र लाख पचास हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
                                       

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको