Like us!
Follow us!
Connect us!
Watch us!

११४२ र २२६० लाई बटम बनाएझैँ नेप्सेले २४८० लाई अर्को बटम बनाउला त ?

बसन्त पाण्डे

विहीबार, १७ चैत्र २०७८, १६ : २१ मा प्रकाशित

११४२ र २२६० लाई बटम बनाएझैँ नेप्सेले २४८० लाई अर्को बटम बनाउला त ?

२८ जुन २०२० :

२०१९ को डिसेम्बर महिनामा करिब ११०० को हाराहारीमा रहेको नेप्से परिसूचक १ मार्च २०२० मा १६७४ को बिन्दुसम्म पुगेको थियो।  चीनको वुहान प्रान्तबाट कोरोना भाईरस तिब्र रुपमा सबैतिर फैलिरहेको थियो। अन्य देशसँगै नेपालमा पनि कोरोना संक्रमण बढ्दै थियो। कोरोनाको कहर बढ्दै गर्दा १६७४ को बिन्दुमा पुगेको बजार घट्दो क्रममा गयो। लकडाउन भईसकेपछि नेप्से पनि बन्द भयो।  लकडाउन खुलेसँगै नेप्से पनि खुलाईयो। कारोबार खुलेपछि पनि नेप्से लगातार घट्यो र २८ जुन २०२० को दिन ११४२ को बिन्दुमा बटम लगाउँदै लगाएर बजार उच्च अङ्कले बढ्न थाल्यो।  

१२ डिसेम्बर २०२१:

२८ जुन २०२० को दिन ११४२ लाई बटम बनाएर बढ्न थालेको बजार बढ्दो ट्रेन्डमा गयो र १५ अगस्ट २०२१ को दिन ३२२७ को बिन्दुसम्म पुगेर तलतिर लाग्न थाल्यो। ३२२७ को बिन्दुबाट लगातार घट्दै बजार २४८० को बिन्दुसम्म आयो र २४८० बाट बढेर २८७८ को बिन्दुसम्म पुग्यो।  २८७८ को बिन्दुबाट फेरी घट्न थालेको बजार १२ डिसेम्बर २०२१ को दिन २२६० को बिन्दुसम्म झर्यो। २२६० को बिन्दुलाई बटम बनाएर बढ्न थालेको बजार १६ जनवरी २०२२ को दिन २९८३ को बिन्दुसम्म पुग्यो। 

अबको बटम कुन बिन्दुमा? 

२९८३ को बिन्दुसम्म पुगेको बजार त्यहाँबाट लगातार खस्दै अहिले २५४४ को बिन्दुमा आइपुगेको छ। नेप्से ११४२ को बिन्दुबाट ३२२७  पुग्दै ३२२७ को बिन्दुबाट २२६० को बिन्दुसम्म आईपुग्दा ११४२ र २२६० को दुई बटम बिन्दुहरुलाई जोडेर सपोर्ट लाईन खिच्दा २४८० को एरियामा अर्को बलियो सपोर्ट रहेको देखिन्छ।  ११४२ को बिन्दुदेखी बन्दै आएको यो ट्रेन्डमा निरन्तरता हुने हो भने नेप्से २४८० को बिन्दुमा सपोर्ट लिनु अत्यावश्यक छ। ११४२ र २२६० लाई बटम बनाएझैँ नेप्सेले २४८० लाई अर्को बटम बनाउला त ?

62458519e8145.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको