Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्चीमा थप क्षति नहोस् भनेर मन्त्री चौधरीले गरे क्षमापूजा

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, ०८ : ०१ मा प्रकाशित

मेलम्चीमा थप क्षति नहोस् भनेर मन्त्री चौधरीले गरे क्षमापूजा

खानेपानी मन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गरेका छन्।

उनले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गरेका हुन्।

सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्खामा आएको बाढीले क्षति पुर्‍याएको थियो।

मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन।

मन्त्री चौधरी मेलम्ची बाढीले क्षति पुर्‍याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गरेका थिए।

सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ।

मन्त्री चौधरी समयसमयमा यस आयोजनास्थलमा आई चैत मसान्तसम्म काठमाडौँ पानी पुर्‍याउने काममा भएका प्रगतिको अनुगमन गरेका छन्।

उनले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौँमा पानी पुर्‍याउने गरी काम गर्न निर्देशन दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको