चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणहरूमार्फत कुल ३७२ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ।
निक्षेप सङ्कलन बोलकबोलबाट २७ खर्ब ९४ अर्ब, स्थायी निक्षेप सुविधामार्फत ३४ खर्ब २७२ अर्ब ६० करोड र राष्ट्र बैंक ऋणपत्रमार्फत २०० अर्ब रुपैयाँ गरी कुल ३७ खर्ब २६६ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको हो भने ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ बजारमा प्रवाह गरिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा खुद १९ खर्ब २३५ अर्ब ६५ करोड रुपैयाँ मात्र तरलता प्रशोचन गरिएको थियो। यसैगरी, समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट ६ अर्ब ५२ करोड अमेरिकी डलर खुद खरिद गरी ९४६ अर्ब २६ करोड रुपैयाँ बराबरको तरलता बजारमा पठाएको छ। जुन अघिल्लो वर्ष ४ अर्ब २१ करोड डलर खरिद गरी ५६४ अर्ब ११ करोड रुपैयाँ बराबर मात्र थियो। साथै, यस वर्ष ३ अर्ब ८२ करोड अमेरिकी डलर बिक्री गरेर ५५५ अर्ब १० करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । जुन गत वर्षको सोही अवधिमा ३ अर्ब १२ करोड डलर बिक्री गरी ४२४ अर्ब ८६ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको अवस्था भन्दा बढी हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस