Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचिकृत ३ नयाँ लघुवित्त : कुनकाे अवस्था कस्ताे ?

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, १३ : ४४ मा प्रकाशित

नेप्सेमा सूचिकृत ३ नयाँ लघुवित्त : कुनकाे अवस्था कस्ताे ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालै मात्र ३ वटा नयाँ लघुवित्त सूचिकृत भएका छन् । ती हुन् : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २६ लाख कित्ता साधारण सेयर (आईपीओ) फागुन २६ गते, बिहीबार नेप्सेमा सूचिकृत भएकाे थियाे । यस्तै, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १६ लाख कित्ता साधारण सेयर (आईपीओ) पनि फागुन २६ गते, बिहीबार नै नेप्सेमा सूचिकृत भएकाे थियाे । त्यसैगरी, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) चैत्र १३ गते, आईतबार नेप्सेमा सूचिकृत भएकाे थियाे । 

फागुन २९ गते, आइतबार दाेश्राे बजारमा प्रतिकित्ता ५०२ रुपैयाँ ७० पैसामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलाे काराेबार भएकाे थियाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम न्युनतम एक सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे । पछिल्लाे तथ्यांक हेर्दा हिजाे (चैत्र १७ गते, बिहीबार) काे अन्तिम काराेबार अनुसार संस्थाकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ३ सय १९ रूपैयाँ ५० पैसा पुगेकाे छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । 

यस्तै, फागुन ३० गते साेमबार दाेश्राे बजारमा प्रतिकित्ता ३१८ रुपैयाँ ६० पैसामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलाे काराेबार भएकाे थियाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे । पछिल्लाे तथ्यांक हेर्दा हिजाे (चैत्र १७ गते, बिहीबार) काे अन्तिम काराेबार अनुसार संस्थाकाे सेयरमूल्य प्रतिकित्ता ३ सय ७४ रूपैयाँ १० पैसा पुगेकाे छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४८ हजार ७ सय ९० जनाले १० कित्ता सेयर हात पारेका थिए । 

त्यसैगरी, चैत्र १४ गते, साेमबार दाेश्राे बजारमा प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलो कारोबार भएको थियाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २ सय ६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७ सय ८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे । पछिल्लाे तथ्यांक हेर्दा हिजाे (चैत्र १७ गते, बिहीबार) काे अन्तिम काराेबार अनुसार संस्थाकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ५५ रूपैयाँ ७० पैसा पुगेकाे छ । संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेकाे हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

हामीले यी ३ वटै कम्पनीकाे काराेबार नियाल्दा छाेटाे समयमै नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले मनग्य नाफा कमाएका छन् । दाेश्राे बजारमा राष्ट्र उत्थान लघुवित्तकाे स्थान पनि राम्रै देखिन्छ । यता जाल्पा सामुदायिक लघुवित्तकाे भने अझै राम्ररी काराेबार हुन सकेकाे छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको