Like us!
Follow us!
Connect us!
Watch us!

EV नेपाल मोटर्सको एक्सचेन्ज मेला, ३५ हजारसम्म छुटमा नयाँ मोटरसाइकल पाईने

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, १३ : ४० मा प्रकाशित

EV नेपाल मोटर्सको एक्सचेन्ज मेला, ३५ हजारसम्म छुटमा नयाँ मोटरसाइकल पाईने

Lvneng Scooter को आधिकारिक विक्रेता तथा वितरक EV MOTORS Nepal ले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्म exchange मेला कार्यक्रम आयोजना गरिरहेको छ । 

यो कार्यक्रममा इच्छुकहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु १५ हजारसम्म प्राप्त गर्न सक्नेछन् । त्यस बापत आफ्नो पुरानो मोटरसाइकल Exchange गरी नयाँ Lvneng EV scooter खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा रु ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

Lvneng EV नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको lithium battery लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको छ । 

Lvneng स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा ९३ हजार रूपैयाँ बचत गर्ने EV MOTORS Nepal ले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको