Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोज्दै रुसी सेना

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, ०७ : ४१ मा प्रकाशित

पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोज्दै रुसी सेना

युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । 

शनिबार राति एउटा भिडियो सम्बोधनमा उनले भने, ‘रुसी सेनाको लक्ष्य के हो ? उनीहरुले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन चाहन्छन् । ’

आफूहरुको उद्देश्य देशको रक्षा गर्नु भएको उनले बताए । ‘हाम्रो लक्ष्य के हो त ? हामी आफैलाई, हाम्रो स्वतन्त्रता, हाम्रो भूभाग र हाम्रा नागरिकहरुको रक्षा गर्नु हो । ’, उनले भने । 

रुसी सेनाले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिओपोललाई रक्षा गर्न सफल भएकोमा उनले युक्रेनी फौजको प्रशंसा गरे । मारिओपोल र अन्य युक्रेनी शहरहरूमा युक्रेनी प्रतिरोधले किभलाई ‘अमूल्य समय’ प्राप्त गर्न अनुमति दिएको र रुसी सैन्य क्षमतालाई कमजोर बनाउन मद्दत गरेको उनको भनाई थियो ।

यसै साताको सुरुममा रुसले राजधानी किभ र उत्तरी सहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वी युक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो । एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको