Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको वार्षिकोत्सवमा यस्ता अफरहरु पाईने

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, ११ : ३७ मा प्रकाशित

कुमारी बैंकको वार्षिकोत्सवमा यस्ता अफरहरु पाईने

कुमारी बैंक लिमिटेड यही २० औं औं वर्ष पूरा गरी २१ औंवर्षमा प्रवेश गरेको छ । बैंकले  २१ औं वार्षिक उत्सवको अवसरमा बैंकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष लिएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न अफरहरु उपलब्ध गराएको छ । 

२१ औं वार्षिकोत्सवको अवसरमा बैंकले यस्ता अफरहरु उपलब्ध गराएको छ :

१. डेबिट र क्रेडिट कार्डको हकमा - बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्ड मार्फत पोस अथवा अनलाईनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकममा रु. २,१०० सम्म क्यास ब्याक प्रदान गरिने छ । यो सुविधा एटिएम बाट पैसा झिक्दा लागु हुने छैन । 

२. पहिलो पटक मोवाईल र टप अप वा पहिलो क्युआर भुक्तानी गर्दा - बैंकको वार्षिक उत्सवको अवसरमा कुमारी स्मार्ट मोवाईल बैंङ्ग एप प्रयोग गरी पहिलो पटक मोबाईल टप अप गर्दा वा चैत्र २० गतेको दिन पहिलो क्युआर भुक्तानी गर्दा अधिकतममा रु. २१० सम्मको क्यास ब्याक हुनेछ । 

३. हेलिकम्पटर मार्फत गोसाइँकुण्ड जाने - कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर) मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कूल खर्च भन्दा रु १२,५०० छुट प्रदान गरिनेछ । यो छुटको प्रावधान वार्षिककोत्सवदेखि एक महिनासम्म प्रप्त गर्न सकिने छ । 

४. लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण - बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र कुमारी स्मार्ट मार्फत क्युआर पेमेन्ट, फण्ड ट्रान्फर अथवा मोबाईल टपअप गर्दा लक्की ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुनेछ । लक्की-ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्र यस योजनाको उपभोग गर्नुपर्नेछ साथै विजेताले आफूसँग थप एक जनालाई भ्रमणमा लिएर जान सक्नेछन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको