Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकलाई नारायणी सामुदायिक हस्पिटलमा विशेष छुट

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १२ : ५२ मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकलाई नारायणी सामुदायिक हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले एन.पी.आई नारायणी सामुदायिक हस्पिटल लिमिटेडमा विशेष छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच बैंकका कार्डबाहकहरूलाई १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएसँगै बैंकका कार्डबाहक ग्राहकले छुट पाउने भएका हुन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र्रल (यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड   एटिएमबाट पैसा निकाल्न सक्नेछन्)  र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत बैंकले गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको