Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १६ : १० मा प्रकाशित

बजार घट्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएको छ । आइतबार बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेको छ ।

बजार घट्दा आज विभिन्न तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जीङ नेपाल लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार ४ सय ५१ रुपैयाँ ४० पैसा पुगेको छ । इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार ३ सय ४७ रुपैयाँ २० पैसा पुगेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ६१ रुपैयाँ २० पैसा पुगेको छ । 

त्यस्तै सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश जाल्पा सामुदायिक लघुवित्त, युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कालिका पावर कम्पनी, मानुषी लघुवित्त, हिमालयन पावर पार्टनर, न्यादी हाइड्रोपावर र बिशाल बजार कम्पनी लिमिटेड रहेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको