Like us!
Follow us!
Connect us!
Watch us!

किन निरन्तर घट्दैछ बजार, आईतबार टप ब्रोकरहरुले कति किने कति बेचे ?

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १६ : ४३ मा प्रकाशित

किन निरन्तर घट्दैछ बजार, आईतबार टप ब्रोकरहरुले कति किने कति बेचे ?

पछिल्लो समय लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा बजार निरन्तर घटिरहेको छ । अर्थतन्त्रमा देखिएको तरलता संकटलाई पनि कतिपयले अहिले बजारमा देखिएको गिरावटको प्रमुख कारणका रुपमा विश्लेषण गर्ने गरेका छन् । 

करिव २९०० को विन्दुबाट ओरालो लागेको नेप्से परिसूचक आज आइतबार कारोबारको अन्तिमसम्ममा ३०.८९ अंकले घटेर २५१३.४१ को विन्दुमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आईतबार नेप्सेमा १ अर्ब ४६ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

‘अहिले बजार घट्नुपर्ने अन्य कुनै पनि कारण छैन नितान्त रुपले बजारमा देखिएको तरलता संकटकै प्रभावले नेप्सेमा पनि गिरावट आएको हो । अहिले बैंकमा लोन लिन गयो भने उल्टै बरु अलि अलि फिक्स डिपोजिट गर्दिनु भन्दै अनुरोध गर्छन् अवस्था यस्तो छ अनि हामीले यस्तो अवस्थामा पनि कसरी बजारमा सकारात्मक उछाल आँउछ भन्ने अपेक्षा गर्ने ?’ उनले प्रश्न गरे । अहिलेको अवस्था भनेको विस्तारै बलिया कम्पनी किन्ने बेला हो जस्तो लाग्छ मलाई अहिले तत्काल नै फाइदा कमाउँछु भन्दा पनि केही परको सोचेर लगानी गर्नु उपयुक्त देखिने बताउँछन् युवा लगानीकर्ता दिनेश लामिछाने । 

अहिले नेप्सेमा सूचिकृत कतिपय कम्पनीहरुको सेयरमूल्य ५२ साताकै न्यून विन्दुमा पुगेको छ अहिलेको अवस्थामा सेयर किन्दा केही दिन घाटा हुनसक्ला तर केही महिनासम्म होल्ड गर्न सक्नेहरुका लागि भने यो खरिदको उत्तम अवसर हुने जानकारहरुको तर्क छ । 

बजारमा गिरावट आएसँगै कारोबार रकममा समेत संकुचन आउन थालेको छ । कुनै समय दैनिक २० अर्बभन्दा माथिको सेयर कारोबार हुने नेप्सेको कारोबार रकम अहिले घटेर २ अर्ब भन्दा पनि तल पुगेको छ । 

बजारमा पछिल्लो समय कतिपय लगानीकर्ताहरुले त टप ब्रोकरहरुले बाइ वा सेल के गर्दैछन् त्यसैअनुसार आफ्नो लगानीको रणनिती तय गर्ने गरेको देखिन्छ । आज धेरै कारोबार गर्ने ५ ब्रोकहरुमध्यमा ४ वटा ब्रोकरहरुको खरिद बढी छ भने बाँकी एउटा ब्रोकरको बिक्री बढी छ । 

आज सबैभन्दा बढी रकमको सेयर कारोबार ब्रोकर नम्बर ५८ बाट भएको छ । ५८ नम्बरबाट ८ करोड ३३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर खरिद हुँदा ५ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै ब्रोकर नम्बर ३८ ले ७ करोड ९५ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर बेच्दा ३ करोड ५१ लाख ६९ हजार रुपैयाँ बराबरको मात्र सेयर किनेको छ । 

टप ५ ब्रोकरहरुको खरिद र बिक्री :

6249784424d0b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको