Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकका ग्राहकलाई होटल सेन्ट्रल प्लाजामा विशेष छुट

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, १२ : ४५ मा प्रकाशित

ज्योति विकास बैंकका ग्राहकलाई होटल सेन्ट्रल प्लाजामा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासंग होटलमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई छूट सम्बन्धी सम्झौता भएसँगै बैंकका ग्राहकले विभिन्न सेवा सुविधाहरुमा छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेश कुमार पाठकले हस्ताक्षर गरेका छन् । बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवाहरुमा थप छुट दिन सो सम्झौता गरेको हो । होटल सेन्ट्रल प्लाजा कोहलपुरस्थित सम्पूर्ण आधुनिक सुविधा सम्पन्न पाँच तारे होटल हो ।     

यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।  

ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६३ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको