Like us!
Follow us!
Connect us!
Watch us!

स्टडी ग्रुप मार्फत स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, १३ : ५२ मा प्रकाशित

स्टडी ग्रुप मार्फत स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुल्ला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् । युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनको लागि यो स्कलरशिप प्रदान गर्न लागेको हो । र यसमा स्टडी ग्रुपमार्फत यस युनिभर्सिटीमा भर्ना गरेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् । 

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको प्रेजिडेन्ट इन्टर्न्यासनल स्टुडेन्ट स्कलरशिपमा कस्ता विद्यार्थी योग्य हुन्छन ?
यो स्कलरशिप पाउनको लागि विद्यार्थीहरुले कक्षा शुरु हुने पहिलो दिन अगाडि नै डिग्री सिकिङ स्टुडेन्टको रुपमा आवेदन दिएर हाई स्कुल डिप्लोमा अथवा सो सरह प्राप्त गर्नुपर्ने हुन्छ । यस छात्रवृत्तिको कुल रकम ६००० डलर प्रति वर्ष रहेको छ र (अधिकतम २४००० डलर र ट्रान्स्फर अप्लिकान्टहरुको लागि अधिकतम १२००० डलर) रहेको छ । 

छनोटको लागि न्युनतम आवश्यकता 
● विद्यार्थीहरूले मे १ सम्ममा आवेदन दिइसकेको हुनुपर्नेछ । 
● न्यूनतम GPA M 3=5 - 4=0 U=S= ग्रेडिङ स्केलमा)
● SAT वा ACT स्कोर पेश गर्नुपर्नेछ । 

द देपान इन्टरन्यासनल स्कलरशिप, 8000$ 

विद्यार्थी वा स्कलर भिसामा भएको नयाँँ विद्यार्थीले ८ सेमेस्टरको लागि प्रति वर्ष २००० डलर पाउनेछन् । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीमा भर्ना हुनको लागि उत्कृष्ट शैक्षिक पृष्ठभुमि, ३.० जिपिए र अंग्रेजीमा दक्खल आवश्यक पर्छ । साथै सामुदायिक सेवामा आवद्ध भएको प्रमाण वा हाइ स्कुलको कार्यक्रमहरुमा संलग्न भएको प्रमाण पनि आवश्यक पर्छ । 

द देपान इन्टरन्यासनल स्कलरशिप
विद्यार्थी वा स्कोलर भिसामा गएको विद्यार्थीले प्रति सेमेस्टर २००० डलर चार सेमेस्टरको लागि प्राप्त गर्ने छन् । यसको लागि योग्य हुन ३.० जिपिए स्कोर, अंग्रेजीमा दक्खल र सामुदायिक सेवामा आवद्ध भएको प्रमाण आवश्यक पर्छ । 

स्टडी ग्रुपका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराले भनिन्, “नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्धेश्यले हामीले अग्रणी शिक्षा प्रदायकको रुपमा युके, युरोप, नर्थ अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका विश्व–विद्यालयहरुसँग सहकार्य गर्दै आएका छौँ । नेपाली विद्यार्थीहरुलाई यो स्कलरशिपले आफ्नो पढाई अगाडि बढाउन र राम्रो काम भेट्टाउन धेरै सहयोग गर्छ । र विद्यार्थीहरुलाई सहयोग गर्ने कुरामा फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले आफ्नो छुट्टै परिचय बनाएको छ । 

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी विद्यार्थी केन्द्रित पब्लिक रिसर्च युनिभर्सिटी हो । यस युनिभर्सिटीमा अन्डर ग्राजुएट र पोस्ट ग्राजुएट गरेर १७० भन्दा बढी डिग्री कार्यक्रमहरु उपलब्ध छन् । स्टडी ग्रुपले यस विश्वविद्यालयसँग मिलेर नेपाली विद्यार्थीहरुको शैक्षिक र पेशागत लक्ष्य हासिल गर्न सहयोग गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको