Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपको आयोजना सँगै विश्व पर्यटनको केन्द्र बन्ने कतारको लक्ष्य

धिरज पौड्याल

सोमबार, २१ चैत्र २०७८, १५ : १० मा प्रकाशित

विश्वकपको आयोजना सँगै विश्व पर्यटनको केन्द्र बन्ने कतारको लक्ष्य

सन् २०१४ मा अन्तराष्ट्रिय फुटबल संघ(फिफा) का अध्यक्षले विश्वको सबैभन्दा ठूलो आर्थिक परियोजना फुटबल रहेको बताएका थिए र यश खेलभन्दा बढी आम्दानी गर्न कम्पनी विश्वमा नै नभएको बताएका थिए र जुन कुरालाई समय समयमा आयोजना हुने यस खेलका कार्यक्रमको आर्थिक प्रभावले प्रमाणित गरिसकेको छ।

उदाहरणलाई नै लिने हो भने नेपालमा साफ खेल हुँदा दर्शकको फुटबल खेलप्रति आकषर्ण र दर्शकको उपस्थिति र त्यसले चलायमान बनाएको अर्थतन्त्र छदै छ,साथै सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप फुटबलले ब्राजिलको अर्थतन्त्रमा निकै टेवा पुर्याइएको थियो भने ब्राजिलको पर्यटन प्रबर्धन तथा आन्तरिक होटल व्यवसाय प्रवर्धन तथा अन्य पूर्वाधार विकासमा राम्रो सहयोग पुर्याइएको थियो। 

रसियामा सम्पन्न विश्वकप फुटबल २०१८ मा १४ विलियन अमेरिकन डलर रसियालाई आयोजना पछि आम्दानी भएको जनाएको थियो भने आयोजना समयका ३ लाख १५ हजार रोजगारीको ५ वर्ष सम्म हरेक वर्ष आवश्यकता देखिएको थियो। रसियालाई उक्त कार्यक्रम आयोजना गरेसँगै जुन १४ तारिख देखि जुलाई १५ तारिखसम्म ११ सहरमा अवस्थित १२ ओटा स्टेडियम सम्पन्न हुँदा आन्तरिक पर्यटनको प्रवर्धनका कारण सँगै करिब २.३-३.२ बिलियन अमेरिकन डलर वार्षिक रूपमा आगामी ५ वर्षसम्म निरन्तर रूपमा आम्दानी भइरहने दाबी गरेको थियो। 

विभिन्न समयमा आयोजना हुने विभिन्न खेलका परियोजनाले राष्ट्रको अर्थतन्त्रको दीर्घकालीन वृद्धि गर्न मद्दत गर्दछ। यही वर्ष नभेम्बर २१ देखि डिसेम्बर १८ तरिखसम्म आयोजना हुन लागेको छ । विश्वभरका ३२ राष्ट्रको सहभागिता हुने यस प्रतियोगिता विश्वभरकै प्रतिष्ठित र ठूलो खेलकुद आयोजना पनि हो।

आर्थिक तथा राष्ट्रहरुको सहभागिता को दृष्टिकोण बाट पनि यो खेल विशेष प्राथमिक कार्यक्रम हो। कतारमा सम्पन्न हुन लागेको यस खेलमा कतारले आफ्नो अरबौ अमेरिकी डलरको अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरेको छ साथै कतार विश्व कपको आयोजना सँगै विश्व पर्यटनको केन्द्र बन्ने लक्ष्य लिएको छ। राष्ट्रको आर्थिक विकासमा हरेक तबरबाट फाइदा लिने रणनीति तयार पारेको कतारलाई अर्थतन्त्र विकास र वैदेशिक लगानी भित्र्याउन विशेष भूमिका खेल्ने र आर्थिक रूपमा कतार विश्वकप पछि सुधृड हुने निश्चित छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको