Like us!
Follow us!
Connect us!
Watch us!

निजी विमानले उडान रोक्दा यात्रुलाई सकस

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ०८ : २७ मा प्रकाशित

निजी विमानले उडान रोक्दा यात्रुलाई सकस

जिल्लाको ताल्चामा अवस्थित रारा बिमानस्थल निजि हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ । रारा विमानस्थलमा नियमित रुपमा उडान भर्दै आई रहेका निजी जहाजहरुले उडान  रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको होे ।

मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र  सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा  विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए । सो जहाज मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले यहाका यात्रु लाई सास्ती भएको बताइएको छ । प्रत्येक दिनमा चारदेखि पाँच पटक सम्म उडान भर्दै आई रहेका थिए । 

जिल्लामा केही दिन यता देखि नेपाल वायुसेवा निगमको जहाजले हप्तामा चार पटक उडान भर्दे आई रहेको छ । त्यसमा पनि जटिल खालका बिरामी लगायत विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ । 

रारा  विमानस्थलमा नेपाल वायुसेवाले हप्तामा आईतबार , मंगलबार , शुक्रबार र शनिबारमा मात्र उडान भर्दे आई रहेको रारा विमानस्थल ताल्चाका कायौलय  प्रमुख सन्तोष कुमार गौतमले बताए । रारा विमानस्थलमा उडान कम भए पछि सहजै रुपमा टिकट पाउन मुस्किल छ । 

जिल्ला प्रशासन कार्यालय मुगुले नेपाल वायुसेवामा हरेक उडानमा दुईवटा सिट अत्यावश्यक कर्मचारी र विरामीलाई सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

उनका अनुसार पछिल्लो समय कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा पर्यटक बढ्न थाले पछि नेपाल वायुसेवाको चार्टर उडान भएकाले ल्याउने उता लैजाने अवस्था सिर्जना भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको