Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको अर्थतन्त्रलाई श्रीलंका जस्तो हुन नदिन हामी नागरिकको योगदान के ?

केशब कोईराला

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ११ : ०२ मा प्रकाशित

नेपालको अर्थतन्त्रलाई श्रीलंका जस्तो हुन नदिन हामी नागरिकको योगदान के ?

श्रीलंकामा करोडौं रुपैयाँ बैंक ब्यालेन्स हुने मान्छेले आज प्राथमिक आवश्यकता पूरा गर्न सकेको छैन किनकी श्रीलंका सग बिदेशी मुद्रा संचिति रहेन ।

बिदेशी मुद्रा संचिती घट्दै गएर हामी पनि गम्भीर आर्थिक संकट तर्फ जादैछौ।  हामी देशभक्त हौ भने हाम्रो तर्फबाट केही योगदान गर्नै पर्छ ।

१. बिदेशमा रोजगार नेपालीले पैसा रेमिटान्स मार्फत पठाउनु होला।थोरै पैसा को लोभमा हुण्डी मार्फत पठाउनु भयो भने तपाईंको परिवारले पैसा त पाउछ तर त्यसले उपभोग्य सामान किन्न पाउने छैन।

२. हामीले आजै बाट बिदेश बाट डलर तिरेर आयात गरेका बिलासिताका सामान (गाडी सुन बिदेशी रक्सी लगायतका) किन्न बन्द गरौ। स्वदेशी उत्पादन मज्जाले किन्नुस।

३. बिदेश भ्रमणको योजना बन्द गरौ।आन्तरिक भ्रमण मजाले गरौ।

४. केही महिनाको लागि बिदेशी कपडा, शृङ्गार,खाना लगायत बन्द गरौ।स्वदेशी खुला गरौ।

५. पेट्रोलियम पदार्थको खपत कम गर्न ब्यक्तिगत गाडीको सट्टामा सार्वजनिक गाडी प्रयोग गरौ।गाडी थन्क्याएर बाइक प्रयोग गरौ। साइकल र पैदल यात्रा ले स्वास्थ लाई पनि फाइदा गर्छ ।

६. केही महिना पुरानो मोबाइल प्रयोग गरौ।नयाँ स्मार्ट फोन खरिद नगरौ।

मेरो पैसा हो म जे सुकैमा खर्च गर्छु भन्ने सोच भएका करोडपती श्रीलंकनहरु संग अहिले पैसा छ तर पेट खाली हुन लागेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको