Like us!
Follow us!
Connect us!
Watch us!

‘काठमाडौँ युथ कन्क्लेभ’ चैत्र २६ गते हुँदै, ५ हजार युवाले सहभागिता जनाउने

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १६ : ३३ मा प्रकाशित

‘काठमाडौँ युथ कन्क्लेभ’ चैत्र २६ गते हुँदै, ५ हजार युवाले सहभागिता जनाउने

आगामी शनिबार राजधानीमा 'काठमाडौं युथ कन्क्लेभ' आयोजना गरिने भएको छ । विभिन्न शैक्षिक संस्थाको आयोजनमा कन्क्लेभ आयोजना गर्न लागिएको हो ।

फिनिक्स कलेज, युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज, सगरमाथा तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा यही चैत २६ गते, शनिबार, प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा "काठमाडाैँमा युथ कन्क्लेभ–२०२१" हुने भएको छ ।

कार्यक्रममा युवालाई प्रेरणा दिने उद्देश्यले वक्ताका रूपमा गगन थापा, बलेन शाह, अनिल केशरी शाह, चन्द्र प्रसाद ढकाल लगायत रहेका छन् ।

त्यसैगरी, कार्यक्रममा उपत्यका तथा बाहिरका जिल्लाबाट समेत गरेर ५ हजार विद्यार्थीले सहभागिता जनाउने आयोजकले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको