Like us!
Follow us!
Connect us!
Watch us!

तीव्र रूपमा घट्दै विदेशी मुद्रा सञ्चिति

पत्रपत्रिका

बुधबार, २३ चैत्र २०७८, ०६ : ३३ मा प्रकाशित

तीव्र रूपमा घट्दै विदेशी मुद्रा सञ्चिति

पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ।

अघिल्लो आर्थिक वर्ष २० ७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु र १० महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आर्थिक वर्षको ८ महिनामा अवधिमा ६ महिनाको आसपासमा झरेको स्रोतले जनाएको छ।

राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि ७ महिनामा विदेशी विनिमय सञ्चिति घटेर ६।७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको देखिन्छ। तीव्र रूपमा विदेशी विनिमय सञ्चिती घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तुहरूको आयातमा शतप्रतिशत नगद मार्जिन  राखेर मात्र प्रतीतपत्र (एलसी) खोल्न सकिने व्यवस्था गरेको थियो ।

तर, त्यसले मात्र आयात रोक्न नसकेपछि सोमबार राष्ट्र बैंकले मौखिक रुपमा बैंकहरुलाई विलासिताका वस्तुहरू आयात गर्न एलसी जारी नगर्न निर्देशन दिएको छ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कुनैपनि देशसँग कम्तीमा तीन महिनाको विदेशी विनिमय सञ्चिती रहनुपर्ने बताउँछ । कारोबार दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको