Like us!
Follow us!
Connect us!
Watch us!

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता

पत्रपत्रिका

बुधबार, २० पुस २०७९, ०६ : ५६ मा प्रकाशित

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता

मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष  (आव) २०७९/८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा ३९ करोड ६७ लाख र आव २०७८/७९ मा ६५ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको थियो । आर्थिक अवस्था असहज भएका बेला ठूलो परिमाणमा विदेशी लगानी फिर्ता जाँदा सम्भावित लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह हुने विज्ञहरू बताउँछन् । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको