Like us!
Follow us!
Connect us!
Watch us!

सहिद गेट उद्घाटन गर्न सिरहा जाँदै प्रचण्ड

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, ०८ : २० मा प्रकाशित

सहिद गेट उद्घाटन गर्न सिरहा जाँदै प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् । प्रचण्डले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृटिमा गेट बनाइएको छ । 

२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर-५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए ।

तर, अहिले उनले निर्वाचन क्षेत्र परिवर्तन परिवर्तन गरेका छन् । गृह जिल्ला चिवतन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको