Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रप्रति चिन्तित युवा: ‘बाइक भन्दा पैदल काइदा, चक्लेट छाड्दा अर्थतन्त्रलाई फाइदा’

धिरज पौड्याल

विहीबार, २४ चैत्र २०७८, १६ : २८ मा प्रकाशित

अर्थतन्त्रप्रति चिन्तित युवा: ‘बाइक भन्दा पैदल काइदा, चक्लेट छाड्दा अर्थतन्त्रलाई फाइदा’

नेपालमा विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि के नेपालको आर्थिक अवस्थामा संकट उत्पन्न भएकै हो त भन्ने प्रश्न जनमानशमा उठी रहेको छ। ताजा अवस्थामा श्रीलंकाको आर्थिक मन्दीका कारण उत्पन्न भएका समस्याको प्रतक्ष्यदर्शी बनेका नेपाली जनता विभिन्न अर्थविद्ले नेपालकाे आर्थिक अवस्था नकारात्मक रहेको साथै अहिलेको मुद्रा सञ्चितिले आतयलाई ६ महिना सम्म धान्न सक्ने अवस्था रहेको कुराले सबैलाई सशंकित बनाएको छ। यो समस्याको समाधान वैदेशिक व्यापार घाटा कम गर्ने र निर्यात लाई बढाई आयात कम गर्ने मात्र हो। 

अहिले विभिन्न सरोकारवालाहरु आयातलाई कम गर्न नीतिगत रूपमा आयातलाई कडाइ गरेका छन् भने केही वस्तुहरूको आयातमा पूर्ण रूपमा कडाइ गरेको छ।

गत आर्थिक वर्षको पहिलो ८ महिनाको तुलनामा यस वर्ष को पहिलो ८ महिनामा आयात ३८.६४% ले वृद्धि भएको छ।

आयातमा उच्च वृद्धि,निर्यातमा कमी र रेमिट्यान्स मा कमी आउँदा राष्ट्रको मुद्रा सञ्चिति कम भएको हो। विदेशी मुद्रा सञ्चिति नभएको खण्डमा अत्यावश्यक वस्तुहरु,कच्चा पदार्थ लगायतमा दैनिक जीवनमा प्रभाव गर्ने वस्तुहरूको आयात गर्न असम्भव रहन्छ जसले जनजीवन झन् अस्तबस्त पर्नेछ। हाल सरकारले करिब ५ हजार वस्तुहरूको आयात यस आर्थिक वर्षको सुरुवाती ८ महिनामा विभिन्न राष्ट्रहरू बाट गरिसकेको छ भने नेपालले सुरुवाती ८ महिनामा ८३५ ओटा वस्तुहरूको निर्यात गरेको छ। सरकारले आयात १३ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँको आयात गरेको छ भने  निर्यात १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ को रहेको छ।आर्थिक वर्षको सुरुवातको ८ महिनामा व्यापार घाटा करिब १२ खर्ब रुपैयाँ रहेको छ। 

अर्थतन्त्र सुधारमा युवाकाे चासाे र भूमिका :

यसरी हरेक वर्ष आयात बढी रहँदा वैदेशिक मुद्रा सञ्चिति कम हुने र राष्ट्रनै टाट पल्टिने अवस्था सृजना हुनाले राष्ट्र बैंकले पनि आयात कम गर्ने नीति लिएको छ । राष्ट्र बैंकको यो नितिसंगै आम जनताहरू आफूले सक्दो आयातित बस्तीको सेवा कटौती गरिरहेका छन्। राष्ट्रको अर्थतन्त्र संकटमा परिरहेको बेला इन्धनको प्रयोगलाई न्यूनीकरण गर्न  सामान्य अवस्थामा कलेज आउँदा एक्लै आउने युनिभर्सल कलेजका विद्यार्थी प्रभास धमला अब भने साथीलाई पनि आफ्नो सवारी साधनमा लिएर आउने बताउँछन् । उनी जोड्छन्‚“हामी एकै ठाउँबाट कलेज आउने २ जन अब एउटै सवारी साधनमा कलेज जान थालेका छौ,एउटै सवारी साधनको प्रयोग गर्दा इन्धनमा हुने खपत आधा मात्रामा कम भएको छ । हामीले जस्तै अन्य व्यक्तिले पनि सम्भव भएसम्म इन्धनको प्रयोग गर्न कम गरेमा केही मात्रामा व्यापार घाटा कम हुनेमा विश्वस्त छौ।सबैकुरा सरकार मुखी हुनु भन्दापनि आफूले गर्न सक्ने योगदान आफ्नो तहबाट सबैले गर्नुपर्ने र वैदेशिक आयातित वस्तुको प्रयोग गर्नुभन्दा स्वदेशी उत्पादनको प्रयोग जोड दिनुपर्ने उनी बताउँछन् ।”

फिनिक्स कलेजमा अध्ययनरत विद्यार्थी अनम अधिकारी भन्छन्, “मेरो घरबाट कलेज ५०० मीटरको दुरीमा छ, कलेज जाँदा मोटरसाइकलको प्रयोग गर्ने गर्थे तर अहिले इन्धनको मुल्य वृद्धि भयो। इन्धनको मूल्यवृद्धी भएपछि पहिला जसरी मोटरसाइकलमा हिँड्न सम्भव पनि भएन,पहिला १५ लिटर आउने पैसाले अहिले जम्मा १० लिटर मात्र तेल आउँछ हामी विद्यार्थी सँग सीमित पैसा हुन्छ मूल्य वृद्धि भए सँगै यसको व्यवस्थापन गर्न हामीले केही कुरामा कटौती गरिनुपर्ने हुन्छ।पछिल्लो समय विभिन्न सञ्चार माध्यममा आएको समाचार पढ्दा देशको अर्थतन्त्र गम्भीर संकटमा परेको थाहापाए यस्तो बेलामा म एक जिम्मेवार नागरिकको नाताले केही योगदान गर्नुपर्ने महसुस भएकाले मैले आर्थिक व्यवस्थापन गर्न र राष्ट्रको आर्थिक कुरामा सहयोग गर्न सक्दो इन्धन खपत न्यूनीकरणका लागि छोटो दूरीमा पैदल यात्रा र माध्यम दूरीमा सार्वजनिक यातायात को प्रयोग गर्न लागेको छु ।”

अर्किड कलेजमा अध्यनरत वर्षा पौडेल भन्छिन्,“दिनहुँ पत्रपत्रिकामा अर्थतन्त्रको अवस्था झन् झन् बिग्रिँदै गरेको समाचार छापिन थालेका छन्। हालैमात्र नेपाल राष्ट्र बैंकले चक्लेट लगायतका अन्य सामग्रीहरूको आयातमा कडाइ गर्ने निर्देशन दिएको छ त्यसैले अहिलेको अवस्थालाई नियाल्दा अत्याबश्यक नपर्ने चक्लेटलाई सय देखि हजारसम्म हालेर किन्न र खाना मलाई उचित लागेन त्यसैले अब मैले चक्लेट किनेर नखाने निर्णय गरेकी छु देशको अर्थतन्त्र जोगाउनु हामी सबै नागरिकको कर्तव्य हो । हामी सबैले अत्यावश्यक बाहेकका अन्य कुराहरूमा जोड नदिनु नै अहिलेको आवश्यकता हो। यसाे गर्दा देशकाे अर्थतन्त्र सुधारमा थाेरै भएपनि मद्दत पुग्ला की ?"



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको