शिवम् सिमेन्ट र हिमाल आइरनले पनि ट्रंक तथा डेडिकेटेड महशुलबापतको बक्यौता महशुलको किस्ता बुझाएका छन् । पहिलो किस्ता बराबर ती दुई उद्योगले प्राधिकरणलाई महशुल बुझाएका हुन् ।
जसमा शिवमले २ करोड ३८ लाख रुपैयाँ रकम महशुलबापतको किस्ता बुझाएको हो । प्राधिकरणका अनुसार, शिवमले ६६ करोड ८९ लाख रुपैयाँ महशुल बुझाउन बाँकी थियो । त्यस्तै, हिमाल आइरन उद्योगले पनि गत आइतबार महशुलबापतको किस्ता बुझाएको छ । उद्योगले प्राधिकरणलाई महशुलबापत १३ करोड ६५ लाख तिर्न बाँकी थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस