Like us!
Follow us!
Connect us!
Watch us!

१३९.५ अंककाे गिरावटपछि नेप्सेमा हरियाली, परिसूचकसँगै काराेबार रकममा सुधार

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १५ : ०६ मा प्रकाशित

१३९.५ अंककाे गिरावटपछि नेप्सेमा हरियाली, परिसूचकसँगै काराेबार रकममा सुधार

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । अघिल्लाे बुधबार बढेर त्यसपछि बजार निरन्तर हिजाेसम्म घटेकाे थियाे । यस अवधिमा नेप्सेमा १३९.५ अंककाे गिरावट देखिएकाे थियाे । आज भने नेप्सेमा हरियाली देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेकाे छ । नेप्से १.४७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४६३.७३ विन्दुमा पुगेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे ५४ लाख ४४ हजार ७ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २ सय ८० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै अन्य समूह बढेकाे छ ।

बिहीबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ७ कराेड ३८ लाख ९५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज हिमालयन पावर पार्टनर र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

त्यसैगरी, यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.७१ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ५ सय ३२ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको