Like us!
Follow us!
Connect us!
Watch us!

संविधानमाथि आक्रमण र च्यात्ने अधिकार कसैलाई छैन : प्रचण्ड

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १५ : ५६ मा प्रकाशित

संविधानमाथि आक्रमण र च्यात्ने अधिकार कसैलाई छैन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नभएको बताएका छन् । 

सिरहाको मिर्चैयामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि बहानामा संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार नरहेको बताएका हुन् । 

संविधानमा धेरै विषय समेट्न बाँकी रहेको भन्दै उनले आफू प्रधानमन्त्री हुँदा दुईपटक मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको बताए । नागरिकतासम्बन्धी समस्या मधेसमा रहेको बताउँदै उनले अध्यादेशमार्फत भए पनि नागरिकताको समस्या समाधान गरिने बताए । 

एकअर्काे प्रसंगमा उनले पार्टीभित्र अल्पमतमा परेपछि तत्कालीन प्रधानमन्त्री र साविक अध्यक्ष केपी ओलीले संसद विघटनको प्रयास गरेको बताए । तर, ओलीको प्रतिगमनलाई गठबन्धनले परास्त गरेको प्रचण्डको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको