Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको प्रस्ताव सहित एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारणसभा, अधिकृत पूँजी ३ अर्ब पुर्याइने

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ०६ : २१ मा प्रकाशित

मर्जरको प्रस्ताव सहित एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारणसभा, अधिकृत पूँजी ३ अर्ब पुर्याइने

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा २०७९ बैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा दिउसो २ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २०७९ बैशाख १२ गते बुक क्लोज गर्नेछ । यसअनुसार २०७९ बैशाख ११ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

यस्ताछन् प्रस्तावहरुः

क) साधारण प्रस्तावहरू

१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.ब. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत चित्तिय विवरण उपर छलफल गरी पारित गर्ने ।

३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न बाहय लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । वर्तमान लेखापरीक्षक श्री एम.जि.एस.एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्स पुन नियुक्तिको लागि योग्य हुनुहुन्छ।

४) संचालक समितिबाट प्रस्ताव गरे बमोजिम रकम रु. ३७३७,६९८१- (अक्षरेपी सेतिय लाख सतिस हजार छ |
सय अन्ठानच्ये मात्र नगद लाभांस बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि स्वीकृत गर्ने ।

५) संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण शेयरधनी बमूह (ख) बाट २ दुई जना संचालकहरुको निवाचन गर्ने।

(ख) विशेष प्रस्ताव
१) कम्पनीको अधिकृत पूँजी बृद्धि गरी रु ३ अरब पुयाउने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

२) संचालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजी रु. १,१८,३६,०४,४००/- (अक्षरेपी एक अरब अठार करोड़ छत्तिस लाख चार हजार चार सय मात्र) को ६ (छ। प्रतिशतका दरले हुन आउने रकम रु ७१०१६,२६४/- (अक्षरेपी सात करोड दश लाख साढ हजार दुई सय चौसट्टी मात्र बराबरको बोनस शेयर जारी गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूंजी तथा चुक्ता पूंजीलाई तदनुरुप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाईसम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

३) निजीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने ।

४) प्रबन्धपत्र र नियमावलीमा गरिने संशोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।

५) कम्पनी ऐन, २०६३ को दफा १०५ काे १ (ग) बमोजिम आ.व. २०७७/८ मा चन्या तथा सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको