Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली प्रदेशले माग्यो १३३ स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म, कुन जिल्लामा कति ?

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ०७ : २१ मा प्रकाशित

कर्णाली प्रदेशले माग्यो १३३ स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म, कुन जिल्लामा कति ?

कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । 

सामाजिक विकास मन्त्रालयले १३३ जना  हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो ।

यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउने छ । 

सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालीकोट र जुम्ला १४/१४ जना र मुगु, डोलपा र हुम्लामा १५/१५ जना मागिएको छ ।

योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
 

624f9200f3d40.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको