अर्थ संसार, लहान – यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को स्मार्टकार्ड वितरण शुरु गरेको छ ।
पहिलो चरणमा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को प्रतिलिपि बनाउन आउने सेवाग्राहीलाई स्मार्टकार्ड वितरण शुरु गरेको यातायात व्यवस्था कार्यालय लहानका शाखा अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । स्मार्टकार्ड लागू भएपछि सेवाग्राही उत्साहित भएका छन् ।
राजश्व कार्यालयभित्र ग्लोबल बैंकको काउन्टर
यसैगरी, आन्तरिक राजश्व कार्यालय लहानको हाताभित्र आइतबारदेखि ग्लोबल आइएमी बैंकको काउन्टर सञ्चालनमा आएको छ ।
आन्तरिक राजश्व कार्यालयमा कर बुझाउन आएका करदाताको सुविधालाई दृष्टिगत गरी सञ्चालनमा आएको बैंक काउन्टरको आइतबार एक कार्यक्रमबीच आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले उद्घाटन गर्नुभयो ।
करदातालाई बैंकिङ्ग प्रणालीबाट कर बुझाउन सहज होस् भन्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालयको परिसरभित्रै बैंकको काउन्टर सञ्चालन गरिएको प्रमुख कर अधिकृत अधिकारीले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस