Like us!
Follow us!
Connect us!
Watch us!

आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई नाडाकोे आग्रह

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १३ : १८ मा प्रकाशित

आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई नाडाकोे आग्रह

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले चैत्र २५ गते सम्मानीय प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरेका छन् । 

उक्त भेटघाटमा अध्यक्ष थापाले २ खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा ५० हजार भन्दा बढीलाई अवसर दिदै आएको नेपालको अटोमोवाइलक्षेत्रलाई नजरअन्दाज गर्दे बैङ्क जस्ता वित्तिय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागी प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरि दिन गरे । सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइलक्षेत्रको ठूलो योगदानका वावजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरे । 

उक्त छलफलको क्रममा प्रधानमन्त्रीले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिदै सवारी साधनहरुको आयातका लागी प्रतितपत्र (एलसी) खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन समेत दिए । सो छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।


                                                                            

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको