Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक कार्यक्रममै गाली, लगत्तै निलम्बन

पत्रपत्रिका

शनिबार, २६ चैत्र २०७८, ०६ : ३६ मा प्रकाशित

सार्वजनिक कार्यक्रममै गाली, लगत्तै निलम्बन

नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’ मा खुलमखुला गभर्नरलाई गाली गरेका अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमबाट फर्केलगत्तै गभर्नरलाई निलम्बन गरेका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको दाबी गरिए तापनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रेस ब्रिफिङमा त्यस विषयमा उल्लेख छैन । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको स्रोतको भनाइ छ । शुक्रबार उनलाई निलम्बन गरिएको हो ।

उनीमाथि लागेको आरोप’bout छानबिन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेको समिति गठन गरिएको बताइएको छ ।

छानबिनका लागि समिति गठन भएसँगै स्वतः निलम्बन हुने व्यवस्थाअनुसार अधिकार निलम्बनमा परेका हुन् । बिहीबार नै मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरेको भए अर्थमन्त्रीले शुक्रबारको कार्यक्रममा गभर्नरलाई किन बस्न दिए भने प्रश्न उब्जिएको छ ।

अर्थविद् तथा पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थतन्त्रलाई मिलेर मजबुत गर्नुपर्ने समयमा निलम्बन गरेर राष्ट्रलाई समस्यामा पार्ने काम सरकारबाट भएको टिप्पणी गरे । उनले भने, ‘अर्थमन्त्रीलाई गभर्नर निलम्बन गर्ने अधिकार हुँदैन र मन्त्रिपरिषद्ले गरेको भए किन सार्वजनिक गरिएन ?’

अर्का अर्थसचिव डिल्लीराज खनालले पनि निलम्बन गर्नु अवैधानिक रहेको र गभर्नर अधिकारीले कानुनीउपचार खोज्न सक्ने बताए । यद्यपि, अधिकारीले शुक्रबार नै आफूमाथि गरेको निर्णयसम्बन्धी पत्र बुझिसकेका छन् ।

अमेरिकाबाट आएको स्रोत नखुलेको ४० लाख डलर छुटाउन अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई पत्राचार गरेको समाचार राष्ट्र बैंकबाट सार्वजनिक गरेपछि गभर्नरलाई जसरी पनि हटाउने मनस्थितिमा अर्थमन्त्री पुगेको बताइएको छ ।

गभर्नर अधिकारीलाई निलम्बन गर्ने कार्य सार्वजनिक गर्नुअघि अर्थमन्त्री शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीबीचको विवाद सार्वजनिक कार्यक्रममै छताछुल्ल भएको थियो ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिलाई अनुशासनको पालना नगरेको भन्दै गाली गरेका थिए ।

अर्थमन्त्री शर्माले राष्ट्र बैंकले दिने सुझाव अर्थ मन्त्रालय नआइपुग्दै मिडियामा पठाएर अनुशासनको उल्लंघन गरेको आरोप लगाए । विदेशी लगानी भिœयाउन सहजीकरण गर्न खोज्दा मन्त्रीले चलखेल गरेको भन्दै मिडियाबाजी गरेको भनेर पनि अर्थमन्त्री रिसाएका थिए ।

अर्थतन्त्र समस्याग्रस्त हुँदा गभर्नरले कुनै समन्वय नै नगरी आफैं निर्णय गर्ने गरेको र जानकारी माग्दा अर्थमन्त्रीले हस्तक्षेप ग¥यो भन्ने गरेको जिकिरसमेत कार्यक्रममा गरेका थिए ।

उनले भने, ‘गभर्नर साहेब ब्याज किन बढाइयो भनेर सोध्दा कसरी हस्तक्षेप हुन पुग्यो ? अर्थमन्त्रीले गभर्नरलाई सोध्न पनि नपाउने ?’

‘अहिले संकट परेका बेला विदेशी लगानी आउला भनेर सहयोग गर्न खोज्दा अर्थमन्त्रीले असहयोग ग¥यो भन्दै गोप्य कुराहरूसमेत मिडियामा पु¥याइन्छ किन ?’ राष्ट्र बैंककै सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु । को हो आधिकारिक कुराचाहिँ थाहा छैन ।’

अर्थमन्त्री शर्माले भने, ‘सञ्चालक समिति सदस्यले ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको भन्ने मैले सुनेको छु । त्यस्तो सञ्चालक समिति सदस्यलाई यहाँ (राष्ट्र बैंकमा) राखेर हुन्छ ? सबैले आ–आफ्नो मर्यादा पालना गर्नुपर्दैन ?’

अर्थमन्त्री र गभर्नरबीच विगतदेखि नै विवाद रहँदै आएको थियो । नेपाल आर्थिक संघका अध्यक्ष डा. विश्वम्भर प्याकुरेल भन्छन्, ‘अर्थमन्त्री र गभर्नरबीच समन्वय अभावले अर्थतन्त्र समस्यामा परेको हो ।’

पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रीले प्रणाली र कर्मचारी तथा पदाधिकारीलाई विश्वास गर्न नसकेको टिप्पणी गरे । अर्थमन्त्री र गभर्नरबीच मतभेद रहे पनि त्यो बाहिर आएको थिएन । शुक्रबार भएको कार्यक्रममा अर्थमन्त्री शर्माले राष्ट्र बैंककै कार्यक्रममा दिएको मन्तव्यले भने अर्थमन्त्री र गभर्नर अधिकारीबीच गम्भीर मतभेद रहेको देखाएको थियो । त्यसको केही समयपछि नै गभर्नर निलम्बनमा परेको सार्वजनिक भएको थियो ।

अर्थमन्त्री शर्माले कार्यक्रममा गत भदौमा आएको मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा प्रतिबैंक ४ करोड र प्रतिव्यक्ति १२ करोड रुपैयाँको सीमाको प्रसंग निकाल्दै यो विषय के हो भनेर गभर्नरलाई प्रश्न गर्दा हस्तक्षेप भयो भनेर समाचार लेखाएको आरोप सो कार्यक्रममा लगाएका थिए ।

शुक्रबारको कार्यक्रममा अर्थमन्त्री शर्माले पहिले सूचना चुहाएर प्रतीतपत्र (एलसी) खोल्न दिएर अनि मात्रै एलसी खोल्न राष्ट्र बैंकले रोक लगाएको समेत आरोप लगाएका थिए । हाइपर फन्ड, क्रिप्टोकरेनसीलगायत डिजिटल च्यानलबाट ‘क्यापिटल फ्लाइट’ हुँदै छ भनेर जानकारी गराउँदा पनि राष्ट्र बैंकले नियन्त्रण गर्न नसकेको आरोप अर्थमन्त्रीको रहेको छ ।

गभर्नरलाई निलम्बन गरेलगत्तै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

अर्थतन्त्रलाई धरासायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न शुक्रबार मात्रै सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको र बिहीबारको मन्त्रिपरिषद्को निर्णयमा मिलाउने कार्य भएको बताइएको छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ५ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पदमुक्तसम्बन्धी व्यवस्था राखिएको छ ।

मन्त्रिपरिषद्ले गभर्नरलाई पदमुक्त गर्दा जाँचबुझ समिति गठन गर्ने व्यवस्था ऐनमा छ । ‘राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानिनोक्सानी पुग्ने कार्य गरेमा, बैंकको काम कारबाहीमा बेइमानी र बदनियत गरेको देखिएमा वा खराब आचरण भएमा पदमुक्त गर्न सक्ने’ व्यवस्था ऐनमा रहेको छ ।

जाँचबुझ समितिको गठन गर्दा सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशलाई अध्यक्ष र आर्थिक, मौद्रिक, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिष्ठित व्यक्तिबाट दुई जना सदस्य रहने व्यवस्था रहेको छ ।

अधिकारीलाई २४ चैत २०७६ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गभर्नर नियुक्त गरेको थियो ।सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका शर्माको गभर्नर अधिकारीसँग सुरुदेखि नै सम्बन्ध राम्रो बन्न सकेको थिएन ।

अर्थमन्त्रीको ‘इन्टेन्सन’अनुसार नचलेपछि निलम्बन
अर्थमन्त्री शर्माको रुचि र इन्टेन्सनअनुसार नचलेपछि राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बिनाकुनै प्रक्रिया निलम्बन गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मु्लक आर्थिक संकटमा गइरहेको अवस्थामा गर्भनरमाथि भएको यस्तो आक्रमणले झनै आर्थिक संकट बढ्न सक्ने भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्को बिहीबारकै बैठकको निर्णयबाट निलम्बनको बेहोरा मिलाइएको बताइए पनि यससम्बन्धी निर्णय ‘ब्याक डेट’मा गरिएको छ । यससम्बन्धी निर्णय शुक्रबार गरिए पनि बिहीबार भनेर फर्जी निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याल स्रोतले जनाएको छ । बिहीबारको मन्त्रिपरिषद्को निर्णय भन्दै शुक्रबार सञ्चारमन्त्रीले सार्वजनिक गरेको निर्णयमा गर्भनर निलम्बनसम्बन्धी कुनै निर्णय समेटिएको थिएन । तर, शुक्रबार साँझ अबेर मात्रै बिहीबारकै मन्त्रिपरिषद्ले गर्भनरलाई निलम्बन गरिएको भन्दै सूचना सम्प्रेषण गरिएको थियो ।

सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका जनार्दन शर्माको अधिकारीसँग सम्बन्ध राम्रो बन्न सकेको थिएन । अर्थमन्त्री शर्माका कतिपय गलत कदमको अधिकारीले विरोधसमेत गर्दै आएका थिए ।

सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न गभर्नरलाई निलम्बन गरेर उल्टो बाटो तय गरेको टिप्पणी अर्थ मन्त्रालयकै उच्च अधिकारीले गरेका छन् । गभर्नर अधिकरीले पटकपटक अर्थ मन्त्रालयलाई सम्भावित संकट’bout जानकारी दिँदै सुधारका उपायसमेत सुझाइरहेका थिए ।

प्रधानमन्त्रीमाथि अर्थमन्त्री फेर्न दबाब परिरहेका बेला गभर्नरलाई निलम्बन गरेर विषयान्तर गर्न खोजिएको बताइएको छ । निर्वाचन आयोगले आचारसंहिता लागू भएको जानकारी गराएलगत्तै गर्भनरलाई निलम्बन गरिएको हो । चुनावको मुखमा सरकारले एकपछि अर्को विवादस्पद निर्णय गरेको भन्दै गठबन्धनमै असन्तुष्टि बढ्न थालेको छ ।

राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको