नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक (जिएम) मा बृतान्त खनालले नियुक्त भएका छन । क्यानले गत महिना जिएमका लागि दरखास्त आह्वान गरेको थियो। जसमा ३४ जनाको निवेदन परेको थियो। ३४ जना मध्ये ९ जना सर्ट लिस्टमा परेका थिए । सर्ट लिस्टमा परेकाको दुई साताअघि अन्तर्वार्ता लिइएको थियो।
९ जनामध्येबाट जिएममा सरकारले बृतान्त खनाललाई छनोट गरेको हो । क्यानका अनुसार उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा काम गरेको अनुभव छ।
क्यानले अघिल्लो वर्ष नियुक्त गरेका रौनक मल्लको करार नथप्ने निर्णय गर्दै दरखास्त आह्वान गरेको थियाे । नयाँ जिएम खनालको कार्यकाल आगामी वैशाख ३ गतेदेखि लागू हुने क्यानले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस