Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानले सोमबार नयाँ प्रधानमन्त्री पाउने

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, ११ : १७ मा प्रकाशित

पाकिस्तानले सोमबार नयाँ प्रधानमन्त्री पाउने

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागी शहबाज शरीफ र शाह महमुद कुरेशी बिच प्रतिस्पर्धा हुदैछ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाब शरीफका भाई एंव पञ्जाबका पूर्व मुख्यमन्त्री शहबाज शरीफ लाई विपक्षी गठबन्धनले प्रधानमन्त्रीको उमेदबार बनाएको छ । उनी पाकिस्तानी संसदमा विपक्षी दलका नेता पनि हुन । 

अर्को तर्फ इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) ले निवर्तमान विदेशमन्त्री शाह महमुद कुरेशीलाई उम्मेदवार बनाएको छ । करेशीलाई इमरान खानका निकटस्थ सहयोगी एंव विश्वास पात्र मानिन्छ ।

शनिबार राति प्रधानमन्त्री इमरान खानविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव पारित भएपछि तीन वर्षमै इमरान खानको सरकार ढलेको थियो । उनको विपक्षमा १७४ मत परेको थियो । पाकिस्तानमा प्रधानमन्त्री बन्नका लागि १७२ मत आवश्यक पर्छ । यस्तोमा विपक्षी नेता शहवाज शरीफको जीत्ने निश्चित जस्तै देखिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको