Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेकाे ओरालो यात्रामा निरन्तरता : जानकार भन्छन् ‘नयाँ वर्षसँगै बजारमा नयाँ मुभमेन्ट आउनेछ’

नेप्से

मंगलबार, २९ चैत्र २०७८, १५ : ०८ मा प्रकाशित

नेप्सेकाे ओरालो यात्रामा निरन्तरता : जानकार भन्छन् ‘नयाँ वर्षसँगै बजारमा नयाँ मुभमेन्ट आउनेछ’

आज (मंगलबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । मंगलबार बजार दाेहाेराे अंकले घटेकाे छ ।

वैशाख महिनाबाट बजारमा नयाँ मुभमेन्ट देखिने बताउछन् प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवमं प्राविधिक विश्लेषक डा.बिमल तिवारी । अहिलेकाे बजारकाे अवस्थाकाे बारेमा बाेल्दै उनले भने, "बजारमा निराशा छाएकाे छ यसका विभिन्न कारणहरू छन् तर याे सेयर बजर हाे वैशाखमा नया सिजन पनि छ यसका लागि सबैले मिलेर प्रयास गर्दा सकारात्मक माहाेल पनि बन्छ र चुनाव आइसकेपछि पैसाकाे ओभरफ्लाे पनि बढ्छ त्यसैले बजार कुनै पनि बेला बाउन्स हहुनसक्छ तर स्थिती के छ भने मान्छेले हुनुभन्दा धेरै प्राेपाेगान्डा गरेकाे देशकाे अर्थतन्त्रलाई श्रीलंकासँगै मात्र जाेडी राखेर पनि काम चल्दैन । अहिले त समय पनि छ । असाेज पछि अर्थतन्त्र सामान्य अवस्थामा आउनुपर्ने हुन्छ र अहिलेकाे लागि चाहीँ मान्छे कन्फ्युजन र हल्लाले गर्दा अर्थतन्त्र नेगेटिभ देखियाे, तरलताकाे अभाव र राजनीतिकाे अस्तव्यस्तता अहिलेकाे मुख्य कारण हाे । याे सेयर बजारकाे ट्रेन्ड हाे अझै पनि बजारमा आशाकाे किरण त म देखिरहेकाे छु । बजारले त्याे विन्दु छाेएकाे छैन । वैशाखकाे पहिलाे साताकाे अन्त्य तथा दाेश्राे साताबाट बजारमा सकारात्मक मुभमेन्ट देखिन्छ ।"

उनले भने, "मार्च अप्रिलमा नेपालकाे बजार तलतिर जाने हुन्छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा झरेकाे छ । नेप्से १.४४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.५२ अंकले घटेर ४४९.३६ विन्दुमा झरेकाे छ । 

कूल २३७ वटा कम्पनीकाे ३७ लाख ८३ हजार २४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटेल तथा पर्यटन समूहबाेहक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

मंगलबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ७५ लाख एक हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ५७ रूपैयाँ पुगेकाे छ । 

यस दिन इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ६.५९ प्रतिशतले घटेर ९ सय ३५ रूपैयाँ पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको