Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बिमा कम्पनीको नाफामा गिरावट, ईपीएस कति ?

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, ०८ : २६ मा प्रकाशित

नेपाल पुनर्बिमा कम्पनीको नाफामा गिरावट, ईपीएस कति ?

नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । अन्य कम्पनीहरुले तेस्रो त्रेमाससम्मको वित्तिय विवरण प्रकाशन गर्ने बेला पुनर्बिमा कम्पनीले भने आज पहिलो त्रैमासको विवरण प्रकाशन गरेको हो । 

यसअवधिमा कम्पनीको नाफा घटेर २४ करोड १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३९ करोड २३ लाख ६४ हजार रुपैयाँ  नाफा कमाएको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले कमाएको खुद मुनाफामा निर्जीवन बीमा व्यवसायबाट १६ करोड ४९ लाख रुपैयाँ र जीवन बीमा व्यवसाय ७ करोड ५० लाख रुपैयाँ बराबरको योगदान रहेको छ ।

कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपिएस) ९ रुपैयाँ ६० पैसा, प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ९२ पैसा र प्रतिसेयर कुल सम्पतीको मूल्य ३०१.१९ रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

625638fba2fc0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको