Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाले जिते नोटबन्दी गर्ने, नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याउँदा तरलता संकट

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, १३ : ४२ मा प्रकाशित

राप्रपाले जिते नोटबन्दी गर्ने, नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याउँदा तरलता संकट

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएर राखेका कारण देशमा आर्थिक संकट आएको बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले नेताहरुले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएको बताए ।

आफुहरुले चुनाव जितेर सरकार बनाएमा नोबन्दी गर्ने संकेत गर्दै अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको