Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाले आज ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्दै

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ०८ : ४६ मा प्रकाशित

राप्रपाले आज ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्दैछ ।आज दिउँसो साँढे १ बजेदेखि राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको नाम 'अवस्था बदल्न व्यवस्था परिवर्तन किन? युवासँग राप्रपा' राखिएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन किन गर्न लागेको ? किन राजा ? कस्तो राजा ? युवा किन राजनीतिमा ? लगायतका प्रश्नको जवाफ दिने बताएका छन् ।

राप्रपाले जेठ १५ गतेदेखि गर्न लागेको राजावादी आन्दोलनको सन्दर्भमा ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्न लागेको बताएको छ ।यस कार्यक्रममा राजतन्त्र बारे युवाहरुको जिज्ञासाको जवाफ दिने र आन्दोलन बारे उनीहरुको राय लिने राप्रपाले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको