Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

अर्थ संसार

शुक्रबार, ०२ बैशाख २०७९, १० : ५३ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट चैत्र २४ गते, बिहीबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू आज खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडाैँमा दिउँसाे १ बजे खाेलिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले माघ ७ गतेबाट फागुन १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १ लाख २० हजार १ सय २० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको