अघिल्लो साता भएको कारोबारमा फर्किने प्रयासमा देखिएको नेप्सेमा कस्तो प्रभाव रहला आगामि भन्ने चासो लगानीकर्ताहरुलाई परेको छ । नयाँ साल नयाँ सोचका साथ अघि बढ्ने विश्वासमा हेरिएको आजको बजारमा लगानीकर्ता सकारात्मक हुने अपेक्षामा देखिन्छन् ।
बजार बन्दको अन्तिम दिन बुधबार ३० अंकले बढेर सकारात्मक विन्दुुमा फर्किनेप्रयषसमा रहेको बजारले नयाँ सालको पहिलोकारोबारमा केही परिवर्तन आउन सक्ने विश्वासमा लगानीकर्ताहरु रहेकाछन् ।
दुुई हजार पाँच सय आठ दशमलव ८८ सम्म उच्चतम् विन्दुुबाट पुुगेर दुुई हजार तीन सय ६७ दशमलव शून्य दुई सम्मको न्युुनतम् विन्दुुबाट नेप्से फर्किन प्रयासमा देखिएको थियो । अघिल्लो साता परिसूचकले एक सय २९ दशमलव ५७ अंकको अस्थिरता देखाएको थियो । यस साता पाँच अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । जसमा यस साता एक करोड २२ लाख कित्ता सेयर खरिद विक्रिहुँदा सो बराबरको कारोबार भएको हो । तीन दिनको औसत कारोबार एक अर्ब ७५ करोड रुपैयाँ सातमा कारोबार भएको थियो ।
यद्यपि, बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान हुन सकेको छैन । मुलुकको आर्थिक अवस्थामा अझै सुधार हुननसकि झनै गिर्दो अवस्थामा पुगेको खबरहरु बाहिरिरहेका छन् । विदेशी मुद्रा सञ्चितिको दबाब खेपिरहेको मुलुक थप समस्यामा परेको अनुमान गरिएको छ । मूल्य वृद्धिदर बढेको छ । बैंकहरुले आर्थिक संकट निम्ति सक्ने भन्दै विलासी बस्तु आयतमा रोक लगाएको छ । यसले लगानीकर्ताको खर्च क्षमतामा पनि प्रभाव परेको छ भने प्राथमिकता पनि बदलिँदा बजारमा त्यसको प्रभाव परेको अनुमान गर्न सकिन्छ ।
प्राविधिक विश्लेषण :
साप्ताहिक मैनबत्ती चार्टमा, यस हप्ताको बजारमा देखिएको उत्तरचढाबले लामो कालोे मैनबत्तीको निर्माण गरेको छ । दुवै तिर तुलनात्मक छायाँ । गत हप्ता साप्ताहिक चार्टमा भएको मैनबत्ती लामो तल्लो छायाँ भएको लामो कालो मैनबत्ती बनेको थियो ।
सोमबारको सबैभन्दा बढी नोक्सान ४४ दशमलव ५६ अंक थियो भने सबैभन्दा बढी र एक मात्र बुधबारको दिन ३० दशमलव २४ अंक थियो । जसमा छाँया आकारको सेतो मैनबत्ती बनेको छ । सोमबारको दिन ४४ दशमलव ५६ अंकले गुमाउँदा कारोबार रकम उच्च रहेको थियो । जसमा खरिदारहरु निकै हाबी भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस