Like us!
Follow us!
Connect us!
Watch us!

थप २ लघुवित्तले एफपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, १३ : ३६ मा प्रकाशित

थप २ लघुवित्तले एफपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

थप २ वटा लघुवित्तहरुले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्न सेबाेनमा निवेदन दिएका हुन् ।  

१. उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले २ करोड ८३ लाख ७३ हजार ७ सय ३७ रूपैयाँ ६७ पैसा बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ जारी गर्ने अनुमति माग्दै चैत्र २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । संस्थाले १५९ रुपैयाँको दरले एफपीओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

२. समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा चैत्र २९ गते निवेदन पेश गरेको हो । संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ५९ रूपैयाँ ७ पैसामा ४ करोड ६० लाख ४१ हजार २ सय २० रूपैयाँ ८० पैसा बराबरको २ लाख ८९ हजार ४ सय ४० कित्ता एफपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेको हो । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

625bc77819638.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको